नियम
कार्यालय समयमा कार्यालयसँग सम्बन्धित काम मात्र गर्नु पर्ने

निजामती कर्मचारीले कार्यालय समयमा कार्यालयको कामको लागि निर्धारित स्थानमा रहेर कार्यालयको काम मात्र गर्नु पर्नेछ र कार्यालय समयमा कार्यालयको कामसँग असम्बन्धित व्यक्तिगत वा अन्य कुनै क्रियाकलापमा संलग्न हुनु हुँदैन। तर कार्यालयको काममा बाधा नपर्ने गरी सार्वजनिक क्षेत्रमा सञ्चालित विश्वविद्यालय वा सार्वजनिक क्षेत्रमा तालीम, प्रशिक्षण सञ्चालन गर्ने प्राज्ञिक वा शैक्षिक संस्थामा आफ्नो पेशा वा कार्यसंग सम्बन्धित विषयमा प्रशिक्षण दिन बाधा पर्ने छैन ।